स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुग्ने रियल मड्रिडको सपनालाई सेभिल्साले रोकिदिएको छ । आइतबार मध्यरातमा भएको निकै प्रतिस्पर्धातम खेलमा सेभिल्लाले रियल मड्रिडलाई स्तब्ध पार्दै २–२ को बराबरी रोकेको हो ।
अवे मैदानमा भएको उक्त खेलमा सेभिल्लाले २२ औँ मिनेटमा अग्रता लिएको थियो । सेभिल्लालाई रिगेसले अग्रता दिलाएका थिए । रियल मड्रिडका लागि एसेन्सिओले ६७ औँ मिनेटमा गोल आफ्नो टिमलाई बराबरीमा ल्याएका थिए । खेलको ७८ औं मिनेटमा पाएको पेनाल्टीमा रेकिटिकले गोल गरि पुनः सेभिल्लालाई अग्रता दिलाएका थिए भने इन्जुरी समयको ९४ औं मिनेटमा रियल मड्रिडका लागि इडन हजार्डले गोल गर्दै आफ्नो टिमलाई हारबाट जोगाउन सफल भए । रियल मड्रिडले यो खेल जित्न सकेको भए एथ्लेटिकको मड्रिडलाई उछिनेर शीर्ष स्थानमा पुग्ने थियो । एथ्लेटिकको मड्रिडभन्दा रियल मड्रिड दुई अङ्कले पछि परेको छ । एथ्लेटिकको मड्रिडको ३५ खेलबाट ७७ अङ्क छ भने रियल मड्रिड र लियोनल मेसी नेतृत्वको बार्सिलोनाको अङ्क समान ७५ अङ्क भए पनि बार्सा गोलको आधारमा तेस्रो स्थानमा रहेका छ ।