कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पछिल्लो समय गणकी र लुम्बिनी प्रदेशमा प्रदेश सरकार विवादमा अल्झिदै आएको बेला मुख्यमन्त्री गुरुङले आज केही समय अघिमात्रै नवनियुक्त गण्डकी प्रदेश प्रमुख सीता पौडेल समक्ष राजीनामा पेश गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र नयाँ सरकार गठन गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ ।