काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सिस्टम (सीसीएमसी) अक्सिजन व्यवस्थापनको जिम्मा दिएको छ । अक्सिजन व्यवस्थापन तथा वितरणको जिम्मा  आज आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले सीसीएमसीलाई दिने निर्णय गरेको मन्त्रालयले जनाएको हो ।
अक्सिजन चाहिने बिरामीको संख्या बढेपछि देशभर उपचारका लागि अस्पताललाई अक्सिजन अपुग भएको गुनासो बढ्दै गएको छ । यस्तो विषम परिस्थितिमा अक्सिजन व्यवस्थापन गर्न सीसीएमसीलाई जिम्मा दिने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ । शनिबार मात्रै अक्सिजन उद्योगहरुलाई पत्र लेख्दै स्वास्थ्य मन्त्रालयले कुनै पनि अस्पतालहरुलाई अक्सिजन दिनु अघि मन्त्रालयको सिफारिस हेरेर मात्रै दिन निर्देशन दिएको थियो ।