काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुन तोलामा एक सय रुपैयाँले बढेको छ । आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।