बुटवल – राष्ट्रिय राजनीति तातिरहेको बेला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध पुनः आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका समेतगरी ४० जना सांसद्हरुको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको भएको छ । दुई साता पहिले पनि प्रतिपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पोखरेलले बिहान राजीनामा दिएर बेलुका विश्वासको मत लिएको भन्दै पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।