काठमाडौं– पत्रकार दिनेश दाहालको कोरोना सङ्क्रमणका कारण  आज शनिबार निधन भएको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष अशोक खड्काले दाहालको निधन भएको पुष्टि गरेका हुन् । स्वर्गीय दाहाल एनटीएका उपाध्यक्ष समेत हुन् । उनी धापाखेलस्थित सुमेरु अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए ।
गोकर्णेश्वर दक्षिण ढोका निवासी ४० वर्षीय स्व. दाहाल जनप्रहारका पूर्व सम्पादक थिए  । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य स्व. दाहालको शनिबारै पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ । स्व. दाहालका श्रीमति, १ छोरा र १ छोरी छन् । एनटीएका अध्यक्ष खड्काले एक असल तेक्वान्दो प्रेमी गुमाएकोमा दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन् ।