गुल्मी – गुल्मी प्रहरीले निषेधाज्ञा अवज्ञा गरी यात्रुहरु ओसारपसार गर्ने बस चालकलाई नियन्त्रणमा लिएको छ । शुक्रबार बुटवलबाट ३० जना यात्रुहरू राखेर आइरहेको लु १ख ७१८९ नम्बरको बसलाई चालकसहित जिल्लाको मुख्य नाका रिडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपीले जानकारी दिएका छन्  ।
निषेधाज्ञा पालना नगर्ने अरु सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चालकलाई कानुनअनुसार कामकारबाही चलाउने कि पहिलो पटकलाई चेतावनी सहितको कागज गराइ छाड्ने भन्ने बिषयमा छलफल भैरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ । बढ्दो कोरोना महामारीका कारण गुल्मीमा गएराति देखि जेठ ४ गते सम्मका लागि दोश्रो पटक निषेधाज्ञा जारी भएको छ ।