काठमाडौं – युरोपियन लिग फुटबलमा पेनिस क्लब भिल्लारियलले चिरपरिचित प्रतिद्वन्दी आर्सनललाई बराबरीमा रोकी फाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग क्लब आर्सनललाई हराउँदै भिल्लारियलले फाइनल खेल्ने पक्का गरेको हो । बिहीबार मध्यराति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनलसँग गोलरहित बराबरी खेल्दै समग्रमा २–१ को जितसहित भिल्लारियल फाइनल पुग्न सफल भएको हो ।
आर्सनलको मैदानमा भएको उक्त खेलमा भिल्लाले गोलरहित बराबरीमा रोक्दै फाइनलको यात्रा तय गरेको हो । भिल्लाले पहिलो लिगमा २–१ को जित निकालेको थियो । फाइनलमा भने भिल्ला रियलले म्यानचेस्टर युनाइटेडसँग खेल्नुपर्ने छ । म्यानचेस्टर युनाइटेड पनि रोमालाई समग्रमा ८–५ ले हराएर फाइनल पुगेको हो ।