काठमाडौं – एनएमबी बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भीर रोगहरु विरुद्ध प्रदान गरिने बिमा दावी भुक्तानी दुर्घटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ । सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरिबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा रु.६१ लाख ३ हजार ८ सय ४१ विमा दाबी भुक्तानी भईसकेको बैँकले जनाएको छ । बैंकले उक्त भुक्तानीे इन्स्योरेन्स पार्टनर शिखर इन्स्योरेन्स मार्फत गरेको हो । बैंकले ग्राहकलाई उच्च विमा कभरेज र भविष्यका अनिश्चितताको विरुद्घ संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।
बैंकको तलव खाता योजनामा शुन्य मौज्दातमै नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्ड को साथै सात लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको जनाएको छ । साथै सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, कार्ड १० लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको बताएको छ । हाल देशभरि एनएमबी बैंकको १ सय ८१ शाखा, १ सय ३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू रहेका छन् ।