काठमाडौँ – सङ्घीय संसद्का चारजना सांसद्मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आउँदो सोमबार वैशाख २७ गते संसद् अधिवेशनको बैठक बस्दैछ । त्यसको तयारी स्वरुप बुधबार सांसद् तथा सचिवालयका कर्मचारीहरु सहितको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । हिजो बुधबार ६ सय ९ जनाको स्वाब सङ्कलन गरिएको थियो । आज बिहीबार पनि स्वाब सङ्कलन जारी छ ।
परीक्षणको रिपोर्ट आउने क्रम जारी रहँदै अहिलेसम्म सांसद्हरु लक्ष्मणलाल कर्ण, पार्वती डिसी चौधरी, नरमाया ढकाल, रामबाबु चौधरीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसअघि नै ११ जना सांसद्मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको थियो ।