काठमाडौंँ – हास्यश्रृङ्खला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्य (काकु) कोरोना सङ्क्रमित भएका छन् । आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको आचार्यले सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् । ‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किएलगत्तै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो बढ्दै गएपछि कोभिड परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ’ आचार्यले अगाडि लेखेका छन – ‘म होम आइसोलेसनमा श्रीमतीको उच्च रेखदेखमा छु । 
मनोबल उच्च छ, आशा छ चाँडै नै कोभिडसँगको लडाइमा विजयी हुनेछु ।’ आचार्यले केही दिनयता आफुसँग सम्पर्कमा रहेकालाई समेत सचेत रहन र कोरोना टेष्ट गराएर सुरक्षित रहन अनुरोध गरेका छन् ।  यो महामारी सोचेजति सामान्य नरहेको भन्दै आचार्यले ‘सबै मिलेर अवश्य पनि यसलाई जित्नेछौ, भनेका छन् ।’