काठमाडौं– विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरस सङ्क्रमणले पछिल्लो समय नेपाललाई पनि नराम्रैसँग गाँजेको छ । कोरोना भाइरसबाट सङ्क्रमित र मृत्युहुनेको सङख्या दिनदिनै बढ्दो छ । मुलुकभर आज पछिल्लो २४ घन्टामा ७ हजार ६ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमकै कारण थप ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज मृत्यु हुने सङ्ख्या अहिलेसम्मकै उच्च हो ।
पछिल्लो २४ घण्टामा १६ हजार १ सय ३१ जनाको स्वाब परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज परीक्षण गरिएको कुल सङ्ख्याको ४५ दशमलव ८६ प्रतिशत हो । त्यस्तै ५ सय ७१ जनाको एन्जिटेन विधिबाट परीक्षण गरिएको थियो । आज सङ्क्रमित हुनेहरुमध्ये काठमाडौंमा २ हजार ७७९, भक्तपुरमा ६ सय १ र ललितपुरका ५ सय १३ गरी उपत्यकामा मात्रै ३ हजार ८ सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।