काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । गत सोमबार ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा थप २ सय रुपैयाँ वृद्धि भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्य भने मंगलबार प्रति तोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३ सय २५ रुपैयाँ कायम भएको छ ।