काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ४ सय ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा १ सय ६१, पर्सामा १ सय ५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४ सय ७३, बाँकेमा ४ सय २२ र दाङमा २ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । 
 यस्तै गरी सुर्खेतमा ९७ र कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २ सय भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा भने देशभर  ५७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।