काठमाडौंँ– गायक प्रकाश सपूतलाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी)मा गरिएको पीसीआर परिक्षणमा उनको रिपोट पोजेटिभ आएको हो । सपूतले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘अन्ततः काठमाडौँ मेडिकल कलेजका  अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ ।,’ प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वप्रथम त यो बीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पीसीआर टेस्ट गर्नुहोला ।’

 एकदमै धेरै शरीर दुख्ने–गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटी महसुस भएपछि आफूले पीसीआर टेस्ट गराएको जानकारी दिएका सपूत अहिले होम आइसोलेशनमा छन् । आफ्नो अवस्था सामान्य रहेको बताएका सपूतले अगाडि लेखेका छन् ‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल राखौँ । तर यसलाई सामान्य भने नठानौँ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौँ !’