आफ्नै घरेलु मैदानमा ग्रानाडासँग स्तब्ध हुँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना १–२ गोलले पराजित भएको हो । खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । लियोनेल मेस्सीले एन्टोनी ग्रिजमानको पासमा बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि पनि बार्सिलोनाले गोलका थुप्रै अवसरहरू गुमाएको थियो । दोस्रो हाफमा डार्विन माचिसले बराबरी गोल फर्काए । त्यसपछि जर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाए ।

 बिहीबारको खेलमा जीत हासिल गरेको भए बार्सिलोनाले शीर्ष स्थानमा एक अंकको अग्रता बनाउने थियो । तर, हारपछि बार्सिलोना शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि र रियल म्याड्रिडसँग अंक बराबार गर्दै तेस्रो स्थानमा सिमित बनेको छ । अब मे ८ मा हुने बार्सिलोना र एथ्लेटिको म्याड्रिडबीचको खेल ला लिगाको उपाधि दौडमा महत्वपूर्ण हुने देखिएको छ ।