सुनसरीको इनरुवाका एकै परिवारका ७ जना सदस्य कोरोना सङ्क्रमित भएका छन् । इनरुवा नगरपालिका–३ का  एक परिवारका सबै सदस्य कोरोना सङ्क्रमित भएका हुन् । सङ्क्रमित मध्ये बुधबार होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु  भएको छ । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय वृद्धाको मृत्यु भएको वडा अध्यक्ष कालुराम गुरुङले जानकारी दिएका छन् ।

 गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका मृत्यु भएको हो । वृद्धाका छोराको स्वास्थ्यमा पनि गम्भीर समस्या देखिएपछि  अस्पतालमा भर्ना गरिएको छ । वडा अध्यक्ष गुरुङले गम्भीर समस्या देखिएकाको  विराट मेडिकल कलेजको कोभिड युनिटमा अहिले उपचार भईरहेको छ ।उनका अनुसार परिवारका पाँच सदस्य भने होम आइसोलेसनमै  रहेका छन् ।