बर्दिया – प्रहरीले बर्दियामा विभिन्न मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार २०७६ फागुन ७ गते जिल्ला अदालतको फैसलाले घरेलु हिंसा मुद्दामा जरिवाना तोकि फरार रहेका बर्दिया, बढैयाताल निवासी रामलाल थारुलाई बिहीबार पक्राउ गरेको हो । ३५ वर्षीय थारुलाई इलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले नियन्त्रणमा लिइ जिल्ला अदालत गुलरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यस्तै, जिल्ला अदालतको २०७० असार २३ गतेको फैसलाले जारी मुद्दामा जरिवाना तोकिइ फरार रहेका बढैयाताल निवासी ४६ वर्षीय जयबहादुर थारुलाई पनि प्रहरीले बिहीबार नै पक्राउ गरेको छ । उनलाई पनि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।