काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । निषेधाज्ञाका कारण देशका प्रमुख शहरहरुमा सुनको कारोबार नहुने भएकोले आयात रोक्ने निर्णय गरिएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिएका छन् । अहिले हरेक दिन बैंकमार्फत २० किलो कच्चा सुन अयात भइरहेको छ ।
महासचिव बज्राचार्यले भने, बिहीबारदेखि प्रमुख शहरमा कारोबार हुँदैन, त्यसैले आयात रोक्ने निर्णय ग¥यौं,’ । निषेधाज्ञा अवधिभर महासंघको कार्यालयसहित निषेधाज्ञा घोषणा भएका क्षेत्रमा सुन चाँदीको कारोबार रोक्ने निर्णय पनि महासंघले गरेको छ । निषेधाज्ञा अवधिभर सुनको बजार कारोबार मूल्य भने तोक्ने कार्य भने निरन्तर रहने महासंघले जानकारी दिएको छ ।