काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार सीतालाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । अस्पताल पु¥याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र आज केही सुधार देखिएको चिकित्सकलाई उद्धृत गर्दै स्रोतले जानकारी दिएको छ । यद्यपि अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने बारेमा भने कुनै एकिन भएको छैन ।
सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । गत पुसमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो ।