काठमाडौं — बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गर्नुभएको उहाँको निकट स्रोतले बताएको छ । थपिएका मन्त्रीहरुको सपथ बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ ।