काठमाडौं — युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडले बराबरी खेल खेलेका छन् । मंगलबार राति रियलको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । चेल्सीले खेलमा पहिले अग्रता लियो । चेल्सीका लागि पुलिसिकले १४ मिनेटमा पहिलो गोल गरेका थिए ।


रियलले २९ मिनेटमा बराबरी गोल फर्काउन सफल भएको थियो । रियलका लागि करिम बेन्जिमाले बराबरी गोल गरेका थिए । उनले मिलिटाओको पासमा बराबरी गोल गरेका थिए । लिग अन्तर्गत अर्को सेमिफाइनलमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पिएसजीबीच खेल हुने भएको छ । सेमिफाइनलको दोस्रो लिग आगामी ५ र ६ मेमा हुने भएको छ ।