एजेन्सी — बंगलादेशमा रुसले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको जानकारी दिएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन् ।
उनले बुधबार भनेका छन्, ‘बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना भाइरस विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ ।’ रहमानले भने, ‘हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमति दिएको छौँ ।’ यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ ।
आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्को डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई नै अनुमति दिइएको बताइएको छ ।