काठमाडौं –आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ ।  हिजो मङ्गलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
   आजका लागि तेजावी सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय पाँच रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । वैशाख १० गते शुक्रबारदेखि ओरालो लागेको सुनको भाउ आइतबार र सोमबार स्थिर रहेपनि त्यसयता झिनो अङ्कले घटिरहेको छ ।