काठमाडौं — आइपिएलमा कोलकता नाइटराइडर्सले पञ्जाब किंग्सलाई ५ विकेटले पराजित गरेको छ । सोमबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले ९ विकेटको क्षतिमा १ सय २३ रन मात्र जोड्न सक्यो । उसका लागि मयंक अग्रवालले ३१ रन र क्रिस जोर्डनले ३० रन जोडे ।
पञ्जाबलाई सस्तोमा रोक्ने क्रममा कोलकताका प्रसिद्ध कृष्णाले ३ विकेट लिएका थिए । सुनील नारिन र पाट कमिङ्ग्सले २–२ विकेट हात पारे । १ सय २४ रनको सामान्य लक्ष्य कोलकताले १६ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो ।
कोलकताका लागि कप्तान इयान मोर्गानले नटआउट ४७ रन जोड्दा राहुल त्रिपाठीले ४१ रनको योगदान दिएका थिए । जितसँगै कोलकता ६ खेलबाट ४ अङ्क जोड्दै पाँचौ स्थानमा उक्लियो । छैटौं स्थानमा झरेको पञ्जावको पनि समान ४ अङ्क नै रहेको छ ।