काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । सोमबार प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा मंगलबार १ सय रुपैयाँले गिरावट आउँदै ९१ हजार २ सय रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको हो भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा मंगलबार सामान्य वृद्धि भएको छ । महासंघका अनुसार चाँदीमा प्रति तोला ५ रुपैयाँले वृद्धि हुँदै मंगलबार प्रति तोला १ हजार ३ सय १५ रुपैयाँ कायम भएको हो ।