काठमाडौं — काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधनहरु बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका ३ वटैै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायातहरु बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिनुभएको छ ।
यो निर्णय वैशाख १६ गते मध्यरातदेखि लागू हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।