काठमाडौं — आइतबार ठूलो अङ्कले पहिरो गएको सेयर बजारमा आज पनि कारोबार खुलेसँगै ठूलो अङ्कको गिरावट देखिएको छ । साताको दोस्रो दिन आज कारोबार खुलेको २० मिनेटमा नै नेप्से परिसूचक ५५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने म्युचुअल फण्डबाहेकका सबै सवइन्डेक्सहरु घटेका छन् । बजार ठूलो अङ्कले घट्दा पनि विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने बढेको छ ।