काठमाडौंं — नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १ सय ४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ७ पैसा छ, भने अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६ पैसा छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५ पैसा रहेको छ ।