भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या तीव्र रुपमा थपिँदै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख ४६ हजार ७ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा कोभिड–१९ बाट २ हजार ६ सय २४ जनाको ज्यान गएको छ ।
भारतमा कुल सङ्क्रमितको संख्या एक करोड ६६ लाख १० हजार ४ सय ८१ तथा मृत्यु हुनेको कुल संख्या एक लाख ८९ हजार ५ सय ४४ जना पुगेको छ । अहिले भारतमा २५ लाख ५२ हजार ९ सय भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म १३ करोड ८३ लाख ७९ हजार ८ सय ३२ जनाले खोप लगाएका छन् ।