काठमाडौ — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार भने सामान्य गिरावट भएको छ । महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने, तेजाबी सुन ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बिहिबार प्रति तोला १ हजार ३ सय ३५ रुपैंयामा कारोबार भएको चाँदी आज १ हजार ३ सय २० रुपैयामा कारोबार भएको छ ।