काठमाडौं — नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैगरी, युरो एकको खरिददर १ सय ४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ८९ पैसा रहेको छ । जापानी यन १० को खरिददर ११ रुपैयाँ ८ पैसा र बिक्रीदर ११ रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ २ पैसा रहेको छ ।