काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप १ हजार २ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आजको यो सङ्ख्यासँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ । आज देशभर थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुँनेको संख्या ३ हजार ९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज २ सय ५५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँग हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको कुल संख्या ७ हजार २ सय ५४ रहेको छ । आज देशभर ७ हजार १ पीसीआर र ५ सय ४७ एन्टिजेन परीक्षण भएको छ ।