काठमाडौं — त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै ९ विकेटको फराकिलो जित हासिल गरेको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाएका थिए ।
१२ औं ओभरको पहिलो बलमा अन्वर रहमनबाट क्याच हुनु अघि भुर्तेल र आसिफले १ सय २ रनको ओपनिङ साझेदारी गरेका थिए । आसिफ शेखले २९ बल सामना गर्दै एक छक्का र ४ चौकाको मद्दतले ४२ रन बनाए भने भुर्तेलले ६१ रन बनाएका थिए । उनको यो ‘ब्याक टु ब्याक’ टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो । दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाएका थिए ।