काठमाडौं — सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिनुभएको छ । प्रमुख कार्यकारी अधिकृत गुरुङले दिएको राजीनामा बैशाख ५ गते बसेको संचालक समितिको बैठकले बैशाख १८ गतेबाट लागु हुनेगरी स्वीकृत गरेको बैंकले जानकारी दिएको छ । साथै उक्त बैठकबाट बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको पनि बैंकले जानकारी दिएको छ ।