काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । आइतबार तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुन तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच आज चाँदीको मूल्य भने स्थिर नै रहेको छ । आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ ।