काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप १ हजार ९६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ । मन्त्रालयका अनुसार आज कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । देशभर हालसम्म कोरोनाबाट मृत्यु हुँनेको संख्या ३ हजार ८३ पुगेको छ ।
मन्त्रालयका अनुसार आज २ सय ६२ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । हाल देशभर ६ हजार २ सय ९० जना कोरोनाभाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर ५ हजार ८४ पीसीआर परीक्षण गरिएको छ, भने ६ सय ९९ एन्टिजेन परीक्षण गरिएको छ ।

View Post