काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच आज चाँदीको मूल्य भने स्थिर नै रहेको छ । शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।