काठमाडौं — रूरू जलविद्युत आयोजनाको आइपीओ आज बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर गोलाप्रथाबाट ३७ हजार ९सय १६ जनाले हातपारेका छन् ।
यस रुरु जलविद्युत आयोजना कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार बाँडफाँड गर्दा ३७ हजार ९ सय १६ जना आवेदकहरुले मात्र यस कम्पनिको सेयर पाएका हुन् ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १ सय २१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४ सय ४० कित्ता शेयर खरिद आवेदन परेको थियो ।
जसमध्ये ८ हजार ५ सय ३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८ सय ९६ आवेदन स्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९ सय १६ जनालाई शेयर बाँडफाँड गरिएको क्यापिटलले जानकारी दिएको छ ।
यसरी बाँडफाँड गरी बाँकी रहेको ७ कित्ता शेयर पुनः शेयर पाउने ३७ हजार ९ सय १६ जनालाई गोलाप्रथामा सहभागि गराएर ७ जनालाई थप १–१ कित्ता वितरण गरिएको हो । यसअनुसार कम्पनीको आइपीओ ७ जनाले ११ कित्ता पाएका छन् ।
कम्पनीले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १ सय २० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको थियो । कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोषका लागि २० हजार ३ सय ८५ र कर्मचारीहरुका लागि ८ हजार १ सय ५४ सुरक्षित गरि ३ लाख ७९ हजार १ सय ६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइपीओमा कुल १६ लाख ८३ हजार १ सय २१ वटा आवेदन मार्फत २ करोड ३५ लाख ४६ हजार ४ सय ४० कित्ता खरीदको लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग भएको तुलनामा ६२ दशमलव १० गुणा बढी हो ।
आईपीओ नतिजा दिउँसो ३ बजे पछि मात्र हेर्न सकिने क्यापिटलले जानकारी दिएको छ । आज बिहान साढे ८ बजे बाँडफाँड भएको कम्पनीको आईपीओ नतिजा ३ बजेपछि हेर्न सकिने जानकारी बाँडफाँटको क्रममा नै दिइएको हो । हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोडपछि हेर्न सकिने भएको हो ।
कम्पनीको आईपीओ नतिजा छिटै हेर्न सकिने भए पनि मेरो शेयरमा पर्नसक्ने चापका कारण इडिआइएस गर्न समस्या हुने हुँदा ३ बजेपछि मात्र नतिजा हेर्न सकिने क्यापिटलका चिफ बिजनेस अफिसर कमल प्रसाद नेपालले जानकारी दिनुभएको छ ।
शुक्रबार नेप्सेमा विदा भएता पनि (इडिआईएस) हस्तान्तरणमा पर्नसक्ने असुविधालाई समेत ध्यान दिँदै ३ बजेपछि मात्र नतिजा प्रकाशन हुने व्यवस्था मिलाइएको जनाइएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय २० रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा रहेको छ ।
कम्पनीको वित्तीय विवरणअनुसार प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ । यस रुरु जलविद्युत कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।