काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप ४ सय ६० जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ । मन्त्रालयका अनुसार आज देशभर कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ५८ पुगेको छ ।
आज थप १ सय ५३ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ । हाल देशभर ३ हजार ६ सय ८ जना कोरोनाभाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर ४ हजार ३ सय ८६ पीसीआर तथा ८ सय १७ एन्टिजेन परीक्षण गरिएको छ ।