काठमाडौं — गायक सागर कुवँरले ‘संघर्ष’ बोलको र्याप गीत सार्वजनिक गरेका छन् । भरतपुरका सागर विगत ५ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दैआएका छन् । मानिसले संघर्ष गर्नेक्रममा भोगेका पीडाहरुलाई प्रेरणाका रुपमा लिनुपर्ने सन्देश उनले यस गीत मार्फत प्रवाह गर्न खोजेका छन् । सपनालाई पूरा गर्नका लागि संघर्ष अनिवार्य रहेकाले यसबाट विचलित हुन नहुने सन्देश उनले भिडियोमार्फत पनि दिएका छन् । गीतको भिडियो काठमाडौं छिरेको १ जना व्यक्तिको सङ्घर्षमा केन्द्रीत रहेको छ ।
यस भिडियोको सम्पादन तथा निर्देशन अनुप राईले गरेका छन् । त्यस्तै, गीतको मिक्सिङ र मास्टरिङ मिस्ट चाम्ब्लिङले गरेका छन् । भिडियोमा सागर कान्छोले अभिनय गरेका छन् भने डिओपी रविन लामाले कलरिस्टको काम गरेका छन् । त्यस्तै, हिमाल खड्का र कर्मा लामाले गीतको छायाङ्कन गरेका छन् । यस भिडियोमा मेकअप को काम मन्जिला मानन्धरले गरेकी छिन् ।