काठमाडौं — आज २०७७ सालको अन्तिम दिन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा सामान्य गिरावट भएको छ । महासंघका अनुसार सोमबार तोलामा ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । सोमबार तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।