भारतमा बितेको २४ घण्टामा १ लाख ६१ हजार ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालययका अनुसार अब भारतमा सक्रिय कोरोना सङ्क्रमितको संख्या १२ लाख ६४ हजार ७ सय पुगेको छ ।
    चौबिस घण्टामा कोरोना संक्रमणका कारण भारतभर ८ सय ७९ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमित हुनेको संख्या १ करोड ३६ लाख ८९ हजार ४ सय ५३ पुगेको छ । जसमध्ये १ करोड २२ लाख ५३ हजार भन्दा धेरै निको भएका छन् ।