काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । महासंघका अनुसार आइतबार तोलामा ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १ सय रुपैयाँले बढेर तोलामा ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर नै रहेको छ । आइतबार तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा नै कारोबार भएको महासंघले जानकारी दिएको छ ।