काठमाडौं — बेलायतमा बस्दै आएका गीतकार दीप गिरीले ’मनखाने माया’ बोलको गीतको म्यूजिक भिडियो युट्युवमा सार्वजनिक गरेका छन् । मनखाने माया’ बोलको यस गीतमा नेपाल आइडलका तेश्रो रनर अप गायक किरण भुजेल र अस्मिता अधिकारीको स्वर रहेको छ । नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’ले यस गीतमा संगीत भरेका छन् । गीतमा संगीत संयोजन विश्व अधिकारीले गरेका छन् ।
गीतको म्यूजिक भिडियो गणेश शाहको निर्देशन र रोनीको कोरियोग्राफी रहेको म्यूजिक भिडियो ‘मनखाने माया’मा स्मृति श्रेष्ठ, श्रृजना जिसी, डिमोन क्षेत्री, रोनी लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । म्यूजिक भिडियोको निर्मात्री सविता गिरी रहेकी छिन । दर्शकहरुलाई नाच्न उत्साहित गर्ने खालको म्यूजिक भिडियो बनेको गीतकार गिरीले जानकारी दिएका छन् ।

वि सं. २०४९ सालमा संगीतकार राजु सिंहसँगै प्रतिविम्ब ब्यान्डमा जोडिएपछि गिरीले आफ्नो सांगीतिक यात्रा शुरु गरेका थिए । अहिलेसम्म उनको रचनामा साधना सरगम, कर्ण दास, धनुषा सिंह, राज खम्बु, जोन, योजना पुरी लगायतका चर्चित गायक गायिकाहरुले आवाज दिइसकेका छन् ।