काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन आज तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
शुक्रबार तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।