काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप २ सय ६० जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । देशभर हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार ३६ पुगेको छ ।
मन्त्रालयका अनुसार आज १ सय १३ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको छ । हाल देशभर १ हजार ९ सय ७९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।