काठमाडौं — एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका ३ मन्त्रीहरुले आज संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेमा सामाजिक विकासमन्त्री दल रावल, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।
कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । सोमबार नै राजीनामा दिने भनिएता पनि मन्त्रीहरुले आज राजीनामा दिएका छन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद छन् ।