काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर थप १ सय ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या ३ हजार ३२ पुगेको छ ।
मन्त्रालयका अनुसार आज १ सय १७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७३ हजार २ सय ४० पुगेको छ । हाल देशभर १ हजार ६ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।