काठमाडौं — पुरातत्व विभाग काठमाडौंले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २ सय ४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ ।
सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित सो मन्दिरको जीणोद्वार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो । सो इँटा वि.स १८३५ र १९३५ को हुनसक्ने बताइएको छ । फेला परेको उक्त इँटामा वि.स उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले जानकारी दिनुभयो ।
उक्त इँटा फेला परेपछि त्यहाँ वि.स १९३५ भन्दा पहिले देखिनै मन्दिर रहेको अनुमान गरिएको छ । सो ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रुपमा रहेको सिम्रौनगढका उचित संरक्षण हुनसकेको छैन ।